काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलर र युरोको विनिमय दरमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंक का अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८५ पैसा र बिक्री दर १५२ रुपैयाँ ४५ पैसा कायम भएको छ। अघिल्लो दिन सोमबार डलरको खरिद दर १५१ रुपैयाँ ५६ पैसा र बिक्री दर १५२ रुपैयाँ १६ पैसा थियो।
यस्तै, युरोको खरिद दर १७७ रुपैयाँ ६८ पैसा र बिक्री दर १७८ रुपैयाँ ३८ पैसा पुगेको छ। सोमबार यसको खरिद दर १७७ रुपैयाँ ६४ पैसा र बिक्री दर १७८ रुपैयाँ ३५ पैसा रहेको थियो।
त्यसैगरी, पाउण्ड स्टर्लिङको खरिद दर २०५ रुपैयाँ ६५ पैसा र बिक्री दर २०६ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्याङ्क एकको खरिद दर १९३ रुपैयाँ ७० पैसा र बिक्री दर १९४ रुपैयाँ ४६ पैसा कायम भएको छ।
अष्ट्रेलियन डलरको खरिद दर १०९ रुपैयाँ ०४ पैसा र बिक्री दर १०९ रुपैयाँ ४७ पैसा रहेको छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ ६६ पैसा र बिक्री दर ९ रुपैयाँ ७० पैसा तोकिएको छ भने दक्षिण कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ३१ पैसा र बिक्री दर १० रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

























प्रतिक्रिया