काठमाडौं । नेप्सेमा उच्च अंकले गिरावट आएको छ । अघिल्लो दिन २६ दशमलव १६ अंकले घटेको नेप्से आज बुधबार २५ दशमलव ८१ अंकले घटेर २७ सय ४४ दशमलव ४५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य छ अंकले घटेर चार सय ६४ दशमलव ५१ अंकमा पुगेको छ । तीन सय ५१ वटा कम्पनीहरुको एक लाख चार हजार पाँच पटकको कारोबारमा एक करोड २१ लाख ३४ हजार तीन सय ६० कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब ९८ करोड ६२ लाख ९४ हजार एक सय ७३ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेका छन् । ति मध्ये बिकास बैंक समुहको सुचक आठ दशमलव ३६ अंकले बढेर पाँच हजार नौं सय ८२ दशमलव ४३ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव शुन्य एक अंकले घटेर १४ सय ३४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५७ दशमलव शुन्य चार अंकले घटेर तीन हजार आठ सय ६५ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय पाँच दशमलव ६५ अंकले घटेर १२ हजार चार सय ३४ दशमलव शुन्य सात अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २० दशमलव ५१ अंकले घटेर १० हजार सात सय ३४ दशमलव ३५ अंकमा पुगेको छ । यसैगरी फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज कर्पोेरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा कुमारी बैंकको ऋणपत्रले सबैभन्दा बढी गुमाएको छ । रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

























प्रतिक्रिया