अर्थ

एक दशमलव ९४ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै



काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन ४१ दशमलव ७८ अंकले घटेको नेप्से आज बुधबार पनि एक दशमलव ९४ अंकले घटेर २८ सय ३२ दशमलव छ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८९ अंकले घटेर चार सय ८७ दशमलव ५५ अंकमा झरेको छ । तीन सय २० वटा कम्पनीहरुको ९३ हजार एक सय ८५ पटककको कारोबारमा दुई करोड १६ लाख ५७ हजार सात सय छ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ६३ करोड १३ लाख ७५ हजार नौं सय ५२ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७८ अंंकले घटेर १४ सय ८० दशमलव ७४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक दशमलव ६३ अंकले घटेर ३६ सय ९६ दशमलव ३६ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ५३ दशमलव शुन्य नौं अंकले घटेर १३ हजार तीन सय आठ दशमलव ९६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३१ दशमलव १९ अंकले घटेर १२ हजार सात सय नौं दशमलव ८८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक पनि घटेका छन् । लघुवित्त समुहको सुचक भने ७२ दशमलव ३८ अंकले बढेर ५४ सय ३९ दशमलव ५२ अंकमा पुगेको छ भने लगानँँी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा थ्रि स्टार हाईड्रोपावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।

प्रकाशित : २१ श्रावण २०८२, बुधबार, ,