अन्तरराष्ट्रिय

५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड नयाँ दिल्ली आसपास



नयाँ दिल्ली । लोकसभा निर्वाचनको सरगर्मीबीच भारतको ठूलो क्षेत्र तातो हावाले प्रभावित भएको छ । ‘हिटवेभ’ निकै नै बढेको त्यहाँको तापक्रमले पनि अनुमान लगाउन सकिन्छ ।

बुधबार (हिजो) नयाँ दिल्लीको मुंगेशपुर इलाकामा ५२.३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

यद्यपि, मौसम विभागले उक्त रेकर्ड ‘सेन्सर’को खराबीका कारण पनि हुन सक्ने जनाएको छ । रेकर्ड र सेन्सरको अध्ययन भइरहेको विभागले जनाएको छ ।

मंगलबार सोही क्षेत्रमा ४९.९ डिग्री सेल्सीयस तापक्रम रेकर्ड गरिएको थियो । बीबीसी हिन्दीबाट ।

प्रकाशित : १७ जेष्ठ २०८१, बिहिबार, ,