अन्तरराष्ट्रिय

काठमाडौंमा मौसम खराब, एयर इन्डिया बनारस डाइभर्ट



काठमाडौं– काठमाडौंमा प्रतिकूल मौसमका कारण भारतको नयाँ दिल्लीबाट आउँदै गरेको एयर इन्डियाको जहाज बनारसमा डाइभर्ट भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ९:५० बजे अवतरण गर्नुपर्ने उडान, काठमाडौंमा बिहानैदेखि कमजोर भिजिबिलिटीका कारण डाइभर्ट गर्नुपरेको हो।

अहिले विमानस्थलमा उडान र अवतरण सामान्य भए पनि उडान चाप बढेको छ। डाइभर्ट भएको एयर इन्डियाको जहाज पनि अहिले काठमाडौंमा अवतरणको लागि आउँदैछ।

प्रकाशित : १४ माघ २०८२, बुधबार, ,