काठमाडौं,९ बैशाख। शिक्षक आन्दोलनका कारण अनिश्चित बनेको
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक बस्ने भएको छ । बैठकले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी दिए

शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलन गरिरहेका शिक्षकहरूले कक्षा १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेपछि सो परीक्षा अन्योलमा छ।यस अघि सो परीक्षा ११ गतेदेखि हुने तय थियो । शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले माइतीघर–बानेश्वर सडक खण्डमा प्रदर्शन गरिरहेका छन् ।
यसबीच सरकार र महासंघका पदाधिकारी–प्रतिनिधिबीच पटक-पटक संवाद भएपनि सहमति जुट्न सकेको छैन ।शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, १८ किसिमका शिक्षकहरुलाई एकद्वार गर्नुपर्ने लगायत उनीहरुका माग छन् ।
प्रतिक्रिया