स्वास्थ्य र जीवनशैली

स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने



काठमाण्डाै – सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

आज सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे तर्फबाट आउँदाे आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताउनुभएको हो ।

स्वास्थ्य सेवालाई सुलभ र पहुँचयोग्य बनाउन पूर्वाधार विस्तारसँगै सेवा प्रदायक अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति र सेवाग्राहीबीचको असन्तुलन हटाउने नीति तथा कार्यक्रममा उल्लेख छ

प्रकाशित : २० बैशाख २०८२, शनिबार, ,