काठमाडौं, ८ बैशाख। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शिक्षामन्त्री भट्टराईले राजीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । राजीनामा दिनुअघि शिक्षामन्त्री भट्टराईले प्रधानमन्त्री ओलीसँग आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्ने विषयमा छलफल गरेकी थिइन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै २० दिनदेखि काठमाडौंमा आन्दोलित छन् ।
प्रतिक्रिया