काठमाडौँ ।प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएको नेपाल शिक्षक महासंघसंग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री ओलीले भेटन खोजेको भन्दै प्रधानमन्त्रीको सचिवालयले बोलाएपछि आज सांझ आन्दोलनको नेतृत्व गर्दै आएको महासंघका प्रतिनिधिले प्रधानमन्त्री ओलीसंग छलफल गर्न लागेको हो।
नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए । सोही आधारमा आफुहरू जान लागेको महासचिव थापाले बताए ।
गत चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया