back

विद्युत् विकास विभागले दियो दुई आयोजनालाई विद्युत् उत्पादन अनुमति लाइसेन्स

काठमाडौं,विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाट र १५.१५ मेगावाटको विधुत उत्पादन लाइसेन्स दिएको छ।सिन्धुको पानी स्थानीयकै लगानी भन्ने अवधारणा अनुसार निर्माण प्रकृया सुरु भएको ५२ मेगावाटका दुई आयोजनालाई उत्पादन अनुमति मिलेको हो।

सो ठाउँका जनतालाइ लगानीको वातावरण तयार गर्ने यो दुई आयोजनालाई विद्युत् विकास विभागले अनुमति प्रदान गरेको हो । आयोजना सिन्धुपाल्चोकको जुगल हिमाल नजिकै बन्न लागेको छ।

५२ मेगावाटको ब्रम्हायणी र अपरलाई सानिमा बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने सम्झौता भईसकेको छ । उक्त आयोजनाको लागत अनुमान १० अर्ब ३४ करोड रहेको छ । यो रकम बैंकहरुले प्रमुख रुपमा लगानी गरेपनि सिन्धुपाल्चोकका सवै निम्न बर्गका मानिसहरुले यसमा लगानी गर्ने बतावरण तयार गर्न लागिएको हो।विद्युत् विकास विभागले उक्त दुई आयोजना ३६.५२ मेगावाट र १५.१५ मेगावाटलाइ उत्पादन लाइसेन्स दिएको छ।ब्रह्मायणी हाइड्रो कम्पनी र इन्टिग्रेटेड हाइड्रो फन्डले जुगल गाउँपालिकाको तेम्बाथान क्षेत्रमा निर्माण गर्ने उक्त दुई आयोजनामा ब्रह्मायणी खोलाको पानी प्रयोग गरेर बिजुली उत्पादन गरिने कुरा जनाएको छ । दुवै आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) समेत भइसकेको छ ।

पानीको स्रोत र डिजाइनका हिसाबले आयोजना सस्तो हुने र बर्सेनि दिने आम्दानी पनि आकर्षक रहेको कारण सिन्धुपाल्चोकका निम्न वर्गलाई लगानीको लागि प्रारुप तयार भएको अध्यक्ष भरत पराजुलीले बताए । त्यसका लागि सिन्धुपाल्चोक जिल्लावासीलाई प्रोमोटर सेयर लगानी गर्न आह्वान गरिएको थियो सिन्धुपाल्चोकमा धेरै जलबिद्युत आयोजनाहरु रहेका छन् । तिनीहरुको स्थानीय रुपमा मनग्ये लगानी छैन । तर यो आयोजनामा यस क्षेत्रका हरेक नागरिकलाई समावेश गराईने योजना रहेकाे छ ।

सम्मृद्ध नेपाल सुखी नेपालीको अवधारणा तयार गर्न पनि स्थानीयका सबै नागरिकले यो आयोजनामा लगानी गर्न आवश्यक रहेको पराजुलीको भनाई छ । अहिले हाईड्रो नै आम्दानीको प्रमुख स्रोत हुने भएका कारण पनि ग्रामीण क्षेत्रका वासिन्दालाई सो आयोजनामा लगानी गर्न आकर्षण गर्ने योजना बनाइएको आयोजनाले बताएको हो।


बनेपा नगरपालिका
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

वि.सं.२०८१ असोज १३ आइतवार १७:३९

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै...

स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे

स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे

वि.सं.२०८१ असोज १० बिहीवार १४:५२

काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको...

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

वि.सं.२०८१ असोज ९ बुधवार २०:०६

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश...

ग्लोबल आइएमई बैंकका क्रेडिट तथा डेबिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका क्रेडिट तथा डेबिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

वि.सं.२०८१ असोज ७ सोमवार २०:३९

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार...

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:५९

काठमाडौँ । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर...

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:३०

काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका...