काठमाडौं । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ७८ दशमलव ८३ अंकले घटेर २५ सय तीन दशमलव ३५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स ११ दशमलव ९१ अंकले घटेर चार सय ३९ दशमलव ४० अंकमा पुगेको छ । तीन सय २४ वटा कम्पनीहरुको ६७ हजार दुई सय दुई पटकको कारोबारमा एक करोड ४३ लाख ६४ हजार छ सय ८२ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम छ अर्ब ७० करोड ७२ लाख ४५ हजार दुई सय ६६ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक घटेपछि नेप्से पुरै रातो देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक ३१ दशमलव ९१ अंकले घटेर १३ सय ५२ दशमलव छ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय २६ दशमलव ४९ अंकमा पुगेको छ ।
जीवन बीमा समुहको सुचक पनि तीन सय १९ दशमलव तीन अंकले घटेर १२ हजार एक सय ४७ दशमलव ९६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ५१ दशमलव २७ अंकले घटेर १० हजार पाँच सय ७६ दशमलव ३९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज नेपाल माईक्रो इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा बुटवल पावर कम्पनीले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
























प्रतिक्रिया