अर्थ

हिमालयन बैंकद्धारा शाखा स्थानान्तरण



काठमाडौं । हिमालयन बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डांै महानगरपालिका वडा नं ०२, बालुवाटार, काठमाण्डांैबाट असोज दुई गते बिहिबारदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ बंैकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८,००० भन्दा बढी पस टर्मिनल्स र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

 

प्रकाशित : २ आश्विन २०८२, बिहिबार, ,