काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैंयाँ तान्ने भएको छ । राष्ट्र बैंकले आज आईतबार मौद्रिक उपकरण बिक्री गरेर बैंकिङ प्रणालीबाट उक्त परिमाणमा रकम तान्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार आज अपरान्ह तीन बजेसम्ममा बोलकवोलको माध्यमद्धारा उक्त परिमाणमा रकम तान्न लागिएको हो । परिपक्व हुुने अवधि ३१ दिन तोकिएको उपकरणको सावाँ व्याज भुक्तानी असोज एक गते तोकिएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको लागि यो उपकरण बिक्री हुन लागेको हो ।
खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने जानकारी राष्ट्र बैंकले जनाएको छ ।
























प्रतिक्रिया