काठमाडौं । नेप्से झिनो अंकले बढेको छ । अघिल्लो दिन १० दशमलव ५० अंंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार दुई दशमलव ६२ अंकले बढेर २७ सय ८८ दशमलव ३६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ९३ अंकले घटेर चार सय ७८ दशमलव ८२ अंकमा सिमित भएको छ । तीन सय २० वटा कम्पनीहरुको ७६ हजार पाँच सय ४२ पटकको कारोबारमा एक करोड ९२ लाख ५८ हजार चार सय ४५ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम सात अर्ब ४६ करोड ४१ लाख ७७ हजार सात सय चार रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि बाँकी आठ वटाले भने गुमाएका छन् । आज बिकास बैंक समुहको सुचक नौं दशमलव ७८ अंकले बढेर पाँच हजार आठ सय ५८ दशमलव ९२ अंकमा पुग्दा उत्पादनमुलक, लगानी, अन्य र व्यापार समुहको सुचक पनि सामान्य अंकले बढेको छ । बाँणिज्य बैक समुहको सुचक भने आठ दशमलव १० अंंकले घटेर १४ सय ४६ दशमलव २५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ५४ अंकले घटेर तीन हजार छ सय दुई दशमलव २८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि छ दशमलव ५५ अंकले घटेर १३ हजार ७२ दशमलव २७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि २७ दशमलव ८३ अंकले घटेर १२ हजार चार सय २५ दशमलव ७५ अंकमा पुगेको छ । फाईनान्स, होटल तथा पर्यटन, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि आज घटेका छन् ।
नेप्सेमा आज नेपाल रिपब्लिक मिडिया लिमिटेडले सबैभन्दा बढी कमाउँदा एनआईसी एशिया फेल्क्सी क्याप फण्डले सबैभन्दा बढी गुमाएको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।
























प्रतिक्रिया