काठमाडौं । प्रभु बैंकको खुद मुनाफा उच्चरुपमा बढेको छ । बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक बर्षको चौंथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा बैंकले पाँच अर्ब ४४ करोड २६ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। कुशल व्यवस्थापकीय क्षमता कै कारण बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा नौं सय ६५ दशमलव ४० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो नाफा ५१ करोड आठ लाख ५६ हजार रुपैयाँ मात्र रहेको थियो ।
बैंकले पछिल्लो अवधिमा इम्पेरमेन्ट चार्जमा हेरफेर गरेका कारण खुद नाफामा उल्लेख्यरुपमा बढेको हो । अघिल्लो आवमा बैंकको इम्पेरमेन्ट चार्ज ५५ करोड ६८ लाख रुपैयाँ थियो । गत आवको वित्तीय विवरणमा बैंकको यस्तो चार्ज चार अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सोही कारण खुद नाफामा उल्लेख्यरुपमा बढेको हो । बैंकको खुद ब्याज आम्दानी पनि पछिल्लो अवधिमा ३९ दशमलव ४६ प्रतिशत घटेर सात अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँमा सिमित रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ११ अर्ब ८९ करोड ८ लाख ९४ हजार रुपैयाँ रहेको थियो । गत आवको चौंथौं त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १५ दशमलव ८१ प्रतिशतले बढेर दुई अर्ब २१ करोड २६ लाख ३३ हजार रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी पनि २७ दशमलव २७ प्रतिशतले घटेर १० अर्ब ५७ करोड २६ लाख ३२ हजार रुपैयाँ कायम भएको छ । यस अवधिमा सञ्चालन आम्दानी ६० दशमव ८२ प्रतिशत बढेर छ अर्ब २८ करोड २७ लाख ६१ हजार रुपैयाँ छ । बैंकको वितरणयोग्य नाफा पनि पछिल्लो अवमिा एक अर्ब चार करोड ५१ लाख आठ हजार रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश क्षमता चार दशमलव ४४ प्रतिशत देखिन्छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा तीन अर्ब २ करोड ५२ लाख २६ हजार रुपैयाँ ऋणात्मक थियो।
गत वर्ष बैंकको निक्षेप संकलन १२ दशमलव १८ प्रतिशतले बढेर तीन खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ र कर्जा लगानी चार दशमलव २१ प्रतिशत बढेर दुई खर्ब ३० अर्ब ३७ करोड दुई लाख ९५ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषामा पछिल्लो अवधिमा १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ।
पछिल्लो समय बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी २० रुपैंयाँ ९५ पैसाले बढेर २३ रुपैंयाँ १२ पैसा पुको छ । अघिल्लो वर्ष यस्तो आम्दानी दुई रुपैंयाँ १७ रुपैयाँ थियो । बैंकको प्रतिसेयर नेटवर्थ एक सय ६२ रुपैयाँ रहेको छ । हाल चार दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकमा अघिल्लो आवको सोही अवधिमा चार दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।
























प्रतिक्रिया