काठमाडौं । अघिल्लो दिन घटेको नेप्सेमा साताको अन्तिम कारोबार दिन आज बिहिबार भने हरियाली देखिएको छ । अघिल्लो दिन एक दशमलव ९४ अंकले घटेको नेप्से आज १८ दशमलव ३० अंकले बढेर २८ सय ५० दशमलव ३७ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६१ अंकले बढेर चार सय ९० दशमलव १६ अंकमा चढेको छ । तीन सय १८ वटा कम्पनीहरुको ९५ हजार आठ सय ३९ पटकको कारोबारमा दुई करोड ५४ लाख तीन हजार पाँच सय ४० कित्ता शेयर किनबेच भएको छ भने कुल कारोबार रकम आठ अर्ब ५३ करोड ७५ लाख ८१ हजार दुई सय ५४ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । बाँणिज्य बैंक समुहको सुचक छ दशमलव ३५ अंकले बढेर १४ सय ८४ दशमलव ७९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २७ दशमलव ७६ अंकले बढेर तीन हजार सात सय २० दशमलव सात अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय एक दशमलव ९२ अंकले बढेर १३ हजार चार सय दुई दशमलव ६८ अंंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ५४ दशमलव चार अंकले बढेर १२ हजार सात सय ४९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।
























प्रतिक्रिया