बर्दिबास। बर्दिबासका चार हजार बढी विद्यार्थीको मुटुको परीक्षण गरिएको छ। नेपाल हार्ट फाउण्डेसन महोत्तरीको आयोजनामा विशेषज्ञ चिकित्सकको टोलीले विद्यालयमै पुगेर बिहीबार विद्यार्थीको मुटु परीक्षण गरेको हो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. प्रकाशराज रेग्मी र डा. अवनीभुषण शर्माको नेतृत्वमा १० जना विशेषज्ञ चिकित्सकको छुट्टाछुट्टै टोलीले बिहीबार बर्दिबास नगरपालिकाका आठ वटा वडाका चार हजार सात सय विद्यार्थीको…