काठमाडौँ । बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी युवाहरूले विमानस्थल क्षेत्रका आसपास प्रदर्शन गरेका थिए। प्रहरी र प्रदर्शनकारी युवाहरूबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो। यस कारण बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश लागू गरेको जनाएको…