काठमाडौं । विवादास्पद अभिव्यक्तिहरूका कारण पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि आज सरकारी वकिलको कार्यालयमा पेश गरिएको छ।
बैंकबाट लिएको ऋण मिनाहा गर्नुपर्ने मागसहित आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई गएराति प्रहरीले पक्राउ गरेको हो। उनले मंसिर ७ गतेदेखि ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान’ नामक ब्यानरमार्फत आन्दोलन थाल्ने तयारी गरेका थिए।
पक्राउपछि सञ्चारकर्मीले सोधेको जिज्ञासामा प्रसाईंले ‘कुन मुद्दामा पक्राउ गरेको हो, आफूलाई स्पष्ट जानकारी नभएको’ प्रतिक्रिया दिएका छन्।
हालै उनले काठमाडौंका मेयर बालेन शाहको घरमा आगो झोस्न तथा परिवारका सदस्यमाथि आक्रमण गर्नेजस्ता निर्देशनात्मक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएपछि विवाद थपिएको थियो।























प्रतिक्रिया