अन्तरराष्ट्रिय

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ



एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न क्षेत्रहरूबाट दुई महिलासहित बीस जना प्यालेस्टिनी नागरिकहरूलाई पक्राउ गरेको छ ।

वफा समाचार एजेन्सीका अनुसार आइओएफले तुलकार्म गवर्नरेटमा आठ प्यालेस्टिनी, अल–खलिल गवर्नरेटमा अन्य सात जनालाई पक्राउ गरेको छ ।

आइओएफले जेरुसेलमको उत्तरमा एकजना प्यालेस्टिनी युवकलाई एक जना प्यालेस्टिनीलाई कल्किल्या सहरमा र अर्को एक जनालाई  अल–अघवार अल–शामालियामा पक्राउ गरेको जनाइएको छ ।

वेस्ट ब्याङ्क र अल–कुद्सका सहरहरू, र शरणार्थी शिविरहरूमा आईओएफले दैनिक छापा र आक्रमण गर्नुका साथै  द्वन्द्व, गिरफ्तारी लगायतका मानव अधिकार विरोधि क्रियाकलाप भइरहेको जनाइएको छ ।

प्रकाशित : ४ फाल्गुन २०८२, सोमबार, ,