काठमाडौँ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)ले मन्त्री बब्लु गुप्तासँग आफ्नो संस्थाको कुनै पनि प्रकारको औपचारिक सम्बन्ध नरहेको स्पष्ट पारेको छ। संघले आफ्नो नाम जोडेर मन्त्री गुप्ताको सहभागिता रहेको भनी सार्वजनिक गरिएका विवरणहरू आधारहीन र भ्रामक भएको जनाएको छ।
एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्तिमा संघको तर्फबाट आयोजना हुने कुनै पनि कार्यक्रम, भेटघाट वा अन्य औपचारिक गतिविधिमा मन्त्री गुप्तालाई आमन्त्रण नगरिएको स्पष्ट उल्लेख गरिएको छ। संघको नाम प्रयोग गरी फैलाइएका प्रचारप्रति गम्भीर आपत्ति जनाउँदै यसले यस्ता गतिविधिमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेको छ।
संघले अनुमति बिना आफ्नो नाम, लोगो र संस्थागत पहिचान प्रयोग गरी कार्यक्रम वा गतिविधि सञ्चालन गर्नु संघको विधान तथा अमेरिकी कानुनको उल्लङ्घन भएको जनाएको छ। यस्ता कार्यहरूसँग एनआरएनए अमेरिका कुनै पनि हिसाबले जिम्मेवार नहुने पनि विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।
संघले भ्रामक प्रचारबाट भ्रमित नहुन सबैलाई आग्रह गर्दै आफ्नो आधिकारिक धारणा मात्र विश्वसनीय हुने जनाएको छ।
























प्रतिक्रिया