खेलकूद

सुदूरपश्चिमविरुद्ध विराटनगरले पहिले बलिङ गर्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा विराटनगर किंग्सलेले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिले बलिङ (फिल्डिङ) गर्दैछ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।

विराटनगरले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । शंकर रानाको स्थानमा आज नारायण जोशी पहिलो रोजाइमा खेल्दैछन् ।

सुदूरले अघिल्लो खेलबाट पाँच परिवर्तन गरेको छ । पुनित मेहरा, ध्रुव पराशर, जोश ब्राउन, हिक्मत महरा र दीपक बोहरा बाहिरिएका छन् भने शेल्डन ज्याक्सन, मुख्तार अहमद, स्कट कुग्लेइन, हेमन्त धामी र मिलन बोहरा आएका छन् ।

प्रकाशित : २३ मंसिर २०८२, मंगलबार, ,