नेकपा (एमाले) पाँचपोखरी थाङपाल गाउँपालिका कमिटी अध्यक्षमा दोकदोक तामाङ चयन हुनु भएको छ । नेकपा(एमाले) पाँचपोखरी थाङपाल गाउंपालिका कमिटीको आज बसेको बिस्तारीत बैठकबाट तामाङ अध्यक्षमा चयन हुनु भएको हो । गाउँपालिका कमिटिका निर्बाचित अध्यक्ष सुर्यमान दोङको केही महिना अगाडी क्यान्सरबाट निधन भएको कारणले कमिटी अध्यक्ष बिहिन भएको थियो ।
साथै गाउँपालिका कमिटी उपाध्यक्षमा बाबुराम पौडेल चयन हुनु भएको छ । उपाध्यक्ष दोकदोक तामाङ अध्यक्ष चयन हुनु भएकोले उहाँको स्थानमा बाबुराम पौडेल चयन हुनु भएको हो । सो कार्यक्रममा एमाले केन्दिय सल्लाहकार परिषद सदस्य एवम् राष्ट्रिय प्रतिनिधि परिषद सदस्य माधब प्रसाद पाण्डे,गाउँपालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी ,पुर्ब बागमती प्रदेश कमिटी सदस्य शिशिर वाईबा ,जिल्ला कमिटी सदस्यहरु नारायण भट्टराई ,पासाङ लामा,दोर्जे लामा,माला वाईबा, वडा अध्यक्षहरु ,वडा कमिटिका अध्यक्षहरु लगायतको उपस्थिति रहेको जिल्ला कमिटी सचिवालय सदस्य निर्मल बन्जाराले जानकारी गराउनु भयो ।






















प्रतिक्रिया