बाह्रबिसे नगरपालिका

बस्नेतको परिवार भेटिए एक लाख रुपैयाँ दिने घोषणा:नगर प्रमुख बस्नेत



बाह्रबिसे,सानै उमेरमा बाबुले दोबाटोमा छोडेर अलपत्र परेका एक व्यक्तिको परिवार सम्पर्कमा आए मनकारि मेयर जो सधै सबै पिडितहरुका लागि मलम बनेर समाज सेवा गरिरहन्छन बस्नेतको परिवार भेटिए एक लाख रुपैयाँ दिने समेत मेयर बस्नेतले घोषणा गरिसकेका छन। समाजमा जनतालाइ जहाँ आपत बिपत पर्यो  तुरुन्तै त्यस ठाउँमा पुगेर सहयोग पुर्याउने बाह्रबिसेका मेयर बालकृष्ण बस्नेतले कृष्णको परिवार खोज्न आफुपनि निरन्तर  लागि पर्ने र सो परिवार भेटिए एकलाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

काभ्रेको बनेपामा वेवारिसे अवस्थामा छोडिएका बस्नेत थरका एक बालक अहिले वयस्क बनिसकेका छन् । उनको नाम कृष्ण बस्नेत हो ।  उनको हालसम्म अभिभावक पत्ता लागेको छैन ।

अभिभावक नहुँदा उनी अनागरिक बनेका छन् । बिभिन्न अभियानकर्मीले फेला पारेर बस्नेत बालकलाई बाह्रबिसे लगिएको थियो । बाबुको फोटासहित हिँडेका ती बालकले अहिलेसम्म पनि परिवार पत्ता लगाउन सकेका छैनन् ।

आफू पनि बस्नेत भएको र बेपत्ता परिवार पनि बस्नेत नै भएका कारण उनको परिवार भेट्न सहज होस् भनेर एक लाख रुपैयाँ दिने घोषणा गरेको मेयर बालकृष्ण बस्नेतले बताए । 

प्रकाशित : १ भाद्र २०८२, आइतबार, ,