काठमाडौँ, नेपालको महिला लिग च्याम्पियन विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनोट खेलमा समूह ‘बी’ बाट पतिस्पर्धा गर्ने भएको छ ।
एसियाली फुटबल महासङ्घ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार समूह ‘बी’मा एपिएफसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर, उज्वेकिस्तानको पिएफसी नासाफ र साउदी अरबको अल–नासर रहेको छ । समूहको खेलहरु उज्बेकिस्तानमा हुनेछ।
एपिएफले यसअघिल्लो संस्करणमा पनि लिग च्याम्पियनको रुपमा प्रारम्भिक छनोट खेलेको थियो । पहिलो खेलमा मलेसियाको सबाह एफसीलाई गोलरहित बराबरीमा रोकेको एपिएफ खेलमा भने नासाफसँग १–० गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।























प्रतिक्रिया