breaking news

एनपिएल आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने



काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ। खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ४:०० बजे सुरु हुनेछ।

कप्तान करण केसीको नेतृत्वमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ, जसमा एक जित र दुई हारबाट जम्मा दुई अंक हासिल गर्दै समूहको तेस्रो स्थानमा रहेको छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सले पनि तीन खेलमध्ये एकमा जित दर्ता गर्दै दुई अंकसहित चौथो स्थानमा छ।

प्लेअफ प्रवेशको सम्भावना जोगाइराख्न दुवै टोलीका लागि आजको खेल निर्णायक मानिएको छ।

प्रकाशित : ९ मंसिर २०८२, मंगलबार, ,