भोटेकोशी गाँउपालिका

परराष्ट्रमन्त्री राणाद्वारा तातोपानी धारामा निर्मित स्नानगृहको उद्घाटन



परराष्ट्रमन्त्री आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धारामा निर्मित स्नानगृह भवनको उद्घाटन गरेकी छिन्।

नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाकाे अगुवाइमा  स्नानगृह निर्माण भएको  हो।

६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए।  स्विमिङपुल,बगैंचा  र अन्य संरचना बन्न बाँकी रहेको छ ।

तातोपानीमा   सातवटा धारा रहेका छन्। हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ। कात्तिक र चैतमा विशेष मेला लाग्ने छ । विशेष मेलाका समयमा  दैनिक एक हजार बढी  पर्यटकले तातोपानी धारामा स्नानका संगै नेपाल चीनकाे सीमानाका भ्रमण गर्ने गरेकाे वडा अध्यक्ष कुमार श्रेष्ठले बताए ।
भवनकाे उद्घाटन गर्दै परराष्ट्र मन्त्री आरजु राणा देउवाले विशाल छिमेकी राष्ट्र  चीन संग जाेडिएकाे धार्मिक तथा पर्यटकीय स्थल तातोपानी धाराकाे महत्वकाे बारेमा चर्चा गरिन् । अरनिकाे राजमार्गकाे स्तरउन्नतिकाे लागि सरकारले महत्त्वका साथ कार्य गर्ने राणाको भनाइ थियाे ।

तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुने बताउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थय मन्त्री माेहन बहादुर बस्नेतले स्थानीय सरकारकाे अम्दानी बढ्ने र देशी विदेशी पर्यटनको  अवागमनमा वृद्धि हुने बताए ।
तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिमार सञ्चो हुने विश्वास गरिन्छ। यहाँ चीन र भारतका समेत पर्यटक आउँने गरेका छन् ।

प्रकाशित : ५ बैशाख २०८२, शुक्रबार, ,