मुख्य समाचार

कालिकामा बस दुर्घटना २ जनाको मृत्यु ३९घाइते


१० भाद्र २०७८, बिहिबार, ,


काठमाडौं,सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका ३,कालीकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटनामा परी २ जना पुरुषको मृत्यु भएको छ ।

ललितपुर जिल्ला ठुलोदुर्लुङका अनुमानित ४५ बर्षका राजम बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् । अर्का अनुमानित २२ बर्षका पुरुषको भने सनाखत हुन नससेको उनले बताए ।

बसले च्यापिएर रहेकाका दुइ जनाको सकुशल उद्दार गरि धुलिखेल अस्पताल पठाएको भएपनि अस्पताल पुगेपछि उनिहरुको मृत्यु भएको उनले बताए । उनका अनुसार अन्य ३९ जना सामान्य घाइते रहेका छन् ।

बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाण्डौको लागि छुटेको कोशीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो ।

बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सुचना अधिकारी बस्नेतले बताए ।

चिप्लो बाटोबाट आएको कारण ब्रेकमा समस्या आई दुरघटना भएको हुनसक्ने उनले बताए ।

घाइते ३९ जनामध्ये १८ जनाको खाडीचौरस्थित सिन्धु सदावहार अस्पतालमा र २१ जनालाई थप उपचारको लागि धुलिखेल अस्पताल मा उपचार भइरहेकको डीएसपी बस्नेतले बताए ।

प्रकाशित : १० भाद्र २०७८, बिहिबार, ,