देवराज सुवेदि मेलम्ची,अपाङ्गता भएका महिला, बालबालिका तथा संकटासन्न व्यक्तिहरूको स्वास्थ्य पुनःस्थापना र आर्थिक–सामाजिक सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाका क्रियाकलाप कार्यान्वयनमा अपनाइएको विधि र उपलब्धि सम्बन्धी सामाजिक परीक्षण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले अपाङ्गता तथा सीमान्तकृत समुदाय लक्षित कार्यक्रमहरूले वास्तविक रूपमा जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइरहेको उल्लेख गर्नुभयो…