अर्थ

कागेश्वरी मनोहरा नगरपालिकाको आ.व.२०८१/८२को नीति तथा कार्यक्रम सम्पन्न



काठमाडौँ, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को लागी कुल २ अर्ब ७८ करोड रुपियाँको बजेट प्रस्तुत गरेको हो । नगरसभाको दशौँ अधिबेशनमा उप-प्रमुख शान्ता थापाको तर्फबाट वडा नम्बर-१ का वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेलले उक्त बजेट प्रस्तुत गरेका हुन् ।
आयोजित दशौँ नगर अधिबेशनमा नगरप्रमुख उपेन्द्र कार्कीले नगरपालिकाको आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, व्यवस्थित शहरी विकाससहितको भौतिक पूर्वाधार, स्वच्छ खानेपानी, नगरपालिकामा रहेको नगर अस्पताल लगायत सम्पूर्ण स्वास्थ्य केन्द्रहरु र शहरी स्वास्थ्य केन्द्रको क्षमता विस्तार र सुधार, ज्येष्ठ नागरिकलाइ घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार सेवा, उपमेयरसँग महिला प्रजनन स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता, विद्यालय स्वास्थ्य कार्यक्रमलाइ प्राथमिकतामा रहेको जानकारी गराए ।
“सबल, सक्षम, सुशासनयुक्त, विकासमुखी स्थानीय सरकार” नारा दिएको नगरपालिकाले दिगो र गुणस्तरीय पूर्वाधार विकास, सर्वसुलभ, रोजगारमुलक, संस्कारयुक्त र गुणस्तरीय शिक्षा, सर्वसुलभ र गुणस्तरीय विशेषज्ञ सेवासहितको स्वास्थ्य सेवा, दिर्घरोगी, जेष्ठ नागरिक, गर्भवती र प्रसुती भएका महिलाहरुलाई नगर अस्पतालबाट ‘डोर टु डोर’ निशुल्क एम्बुलेन्स सेवा, नगरपालिकाभित्र रहेका नियमित रुपमा अक्सिजन लगाउनु पर्ने बिरामीहरुलाई निशुल्क अक्सिजनको व्यवस्था, रोजगारमुलक सीप विकास एवम् उद्यमशिलता प्रवर्द्धन, कृषि क्षेत्रलाई आधुनिक बनाई उत्पादन अभिवृद्धि गर्दै आर्थिक विकास गरि गरिबी निवारण गर्ने, प्रशासनिक सुशासन कायम गर्दै सूचना प्रविधिमा आधारित सेवा प्रवाह र चुस्त एवम् दुरुस्त, खेलकुद पूर्वाधार विकास एवम् खेलाडी उत्पादन, विकास आयोजना छनोट तथा संचालन गर्दा जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने, स्थानीय श्रोत साधन र सिपको अधिकतम प्रयोग गर्ने, महिला, दलित, अपांग, आदिबासी, जनजाती, अल्पसंख्यक र बालबालिकालाई प्रत्यक्ष लाभ पुग्ने, समावेसी र दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने, भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पुर्याउने जस्ता क्षेत्रहरु प्राथमिकतामा राखेको छ ।

प्रकाशित : १४ असार २०८१, बिहिबार, ,