back

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात सञ्चालन गर्दै आएको अरनिको यातायात सेवा समितिको रुपान्तरित कम्पनी पूर्व अरनिको यातायात कम्पनी प्रालिको अध्यक्षमा केदार क्षेत्री निर्वाचित भएका छन् । दुई प्रतिस्पर्धीलाई पछि पार्दै कुशल ब्यवसायी क्षेत्रीले अध्यक्षमा जित हासिल गरेका हुन् ।

अध्यक्ष पदमा निर्वाचित क्षेत्रीले २९७ मत प्राप्त गरि अध्यक्ष पदमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी उद्धवप्रसाद गौतमले १२६ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी
उम्मेदवार निर्पध्वज महतले ११८ मत ल्याएका थिए ।

कम्पनीका तीन वरिष्ठ उपाध्यक्षमा हरिभक्त श्रेष्ठ, विकासकाजी श्रेष्ठ र भुवन राउत निर्वाचित भएका छन् । क्षेत्रगत उपाध्यक्षमा क्षेत्र नम्बर १ मा दिनेशकुमार श्रेष्ठ, सुरेन्द्र बस्नेत र कृष्णबहादुर पन्थ (ध्रुव) तथा सचिवमा प्रभुराम थापा निर्वाचित भएका छन् ।

निर्वाचत समिति प्रमुख श्याम लामाका अनुसार कोषाध्यक्षमा राजु पौडेल, सहसचिवमा सचिन श्रेष्ठ, सह-कोषाध्यक्षमा नारायणदेव कुँवर र उपसचिवमा कृष्णभक्त त्वायना निर्वाचित भएका छन् ।

सदस्यहरुमा जीवन श्रेष्ठ, पदमबहादुर सुवेदी, पदमलाल श्रेष्ठ, विपीन श्रेष्ठ, भुपेन्द्र थापा, रविन तामाङ र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन् ।

२०२९ सालमा स्थापना भएको अरनिको यातयात सेवा समितिअन्तर्गत अहिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुलीलगायतका जिल्लामा यातायात सञ्चालन गर्दै आएको छ।

चार कार्यकाल सचिव र तीन पटक अध्यक्ष भइसकेका क्षत्री अरनिको समितिको अध्यक्षमा १० वर्षपछि पुनः ‘कम ब्याक’ भएका हुन् । अरनिकोमा ५८३ व्यवसायी सदस्य छन् ।

दुई वर्षदेखि राजधानी पूर्व सञ्चालन हुने बसहरुका लागि बसपार्क नहुँदा समस्या भइरहेको बताउँदै नवनिर्वाचित अध्यक्ष क्षेत्रीले यातायात ब्यवसायीले भोग्न परेको बसपार्क व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन।


एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

एमाले उपाध्यक्ष नेम्बाङको अन्त्येष्टि लिम्बु संस्कार अनुसार गरिदैं,देशभर आज शोक बिदा

वि.सं.२०८० भदौ २८ बिहीवार ०९:४३

काठमाडौं।संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि आज...

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

मेलम्ची नगरपालिकाले गर्यो हेलम्बु र पाँचपोखरीलाई आर्थिक सहयोग

वि.सं.२०८० भदौ २७ बुधवार २०:१४

सिन्धुपाल्चोक। बाढी,पहिरोबाट प्रभावित पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई मेलम्ची नगरपालिकाले १० लाख...

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

परिवर्तनको लागि सौर्य समाजको पहिलो साधारणसभा सम्पन्न

वि.सं.२०८० भदौ २७ बुधवार १४:३१

काठमाडौं ।परिवर्तनको लागि सौर्य समाज काठमाडौंको वार्षिक साधारण सभा संस्थाको...

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

मोही सेवन अभियान कर्ता डेरी एसोसिएसनका अध्यक्ष दाहाल दंङ

वि.सं.२०८० भदौ २४ आइतवार ०७:३८

काठमाडौं ।नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रा.लि....

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १० गते हुने।

वि.सं.२०८० भदौ २० बुधवार १३:५३

काठमाडौं।कक्षा १२ को ग्रेड वृद्धि परीक्षा असोज ९ र १०...

आज कृष्ण जन्माष्टमी मनाइँदै

आज कृष्ण जन्माष्टमी मनाइँदै

वि.सं.२०८० भदौ २० बुधवार १२:१६

काठमाडाैं भदौ २०। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज (बुधबार)...