सौर्य उर्जा जडानमा सहयोग गर्नेः ओमप्रकाश शर्मा
प्रदेश २ सरकारले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी गरेको छ । प्रदेश नं २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माले सञ्चारमाध्यमलाई सौर्य उर्जा जडानमा सहयोग गर्ने तयारी भइरहेको बताएका हुन् ।
विद्युतमा लाग्ने खर्च कटौतीमा योगदान मिलोस् भन्ने उद्देश्यले सञ्चारमाध्यमलाई वैकल्पिक उर्जा सहयोग गर्ने सोच आफूले बनाएको उनको भनाइ छ ।आफ्नो सम्मानमा प्रेस युनियन पर्साद्वारा वीरगञ्जमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले सौर्य उर्जा जडानमा कसरी सहयोग गर्ने भनेर कार्यविधि बनाउन सरोकारवालासँग छलफल भइरहेको बताए ।
‘रेडियो, टेलिभिजनलगायतका सञ्चारमाध्यम सञ्चालनका क्रममा विद्युतमा ठूलै रकम खर्च हुने गरेको सुनेको छु ।
वि.सं.२०७८ साउन १६ शनिवार १६:११