खेलकूद

वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभुत विद्यालयलाई



दोस्रो मेलम्ची -१० वडा स्तरिय अध्यक्षकप पुरुष भलिबल प्रतियोगिताको उपाधि भुमेस्थान आधारभुत विद्यालयले जितेको छ ।सितलादेवी माबिमा आज सम्पन्न फाइनलमा काफ्लेखोला युवा क्लबलाई ३-० को सेटमा पराजित गर्दै भुमेस्थानले लगातार दोस्रो बर्ष पनि उपाधि जितेको हो । प्रतियोगितामा वडाका ७ टिम सहभागी रहेका थिए ।बिजेतालाई मेलम्ची नगर प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, वडा अध्यक्ष अमृत खनाल लगायतले पुरस्कार प्रदान गर्नुभयो ।कलाकारहरु प्रतिमा अर्याल, प्रदिप रोक्का, निमेश दाहाल लगायतको प्रस्तुति समेत रहने कार्यक्रम संयोजक प्रल्हाद ढुंगेलले जानकारी दिनुभयो ।पहिलोले २५ दोस्रोले २० र तेस्रो नबज्योतिले १५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रकाशित : १२ आश्विन २०८२, आइतबार, ,