काठमाडौ,१३ साउन । नारीहरुको महान पर्व तीजको अवसर पारेर नेपालमै पहिलो पटक दोहोरी सांँझ सञ्चालन गर्नुहुने गायिका देवी हमालको नयां तीज गीत ‘किन आउँछ पापी तीज’ सार्वजनिक भएको छ ।
गायीका स्स्य अशब्द संगीत रहेको यस गीतमा उनलाई मिना रिसालले स्वरमा साथ दिनु भएको छ । दुई दशक भन्दा बढी निरन्तर सांगितिक यात्रामा समर्पित गायिका देवी हमाल पछिल्लो समय पनि सांगीतिक क्षेत्रमा एकदमै सक्रिय हुनुहुन्छ ।
लक्ष्मण अधिकारीको प्रस्तुति रहेको भिडियोलाई गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठले निर्देशन गरेका हुन भने चर्चित मोडेल सञ्चिता शाही ठकुरीको दमदार अभिनय देख्न सकिन्छ । अभिनयमा उनलाई मनोज विश्वकर्मा,चक्र बहादुर हमाल ठकुरी, तारादेवी ठकुरी,लक्ष्मी केसी लगायत रानु खांड र चेतनशील महिला बिकास समुहको अभिनय र नृत्य देख्न सकिन्छ ।
भिडियोको सिनेम्याटोग्राफी डिओपी केशब अधिकारी खत्री,सहायक क्यामेराम्यान जयन्द्र कुंवर,सम्पादन प्रेम शर्मा पौडेल,मेकअप सुमन धरानेको रहेको छ । तार्केश्वरको हाम्रो सुटिङ लगायत काठमाडौको रमणीय स्थानमा छांयाकन गरिएको भिडियो देवी हमाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिम गरिएको हो ।
भिडियोलाई सबै हेरिदिन, लाईक सबस्क्राई तथा कमेन्ट शेयर गरिदिन हुन गायिका देवी हमालले सम्पुर्णलाई अग्रह गर्नुभएको छ ।
























प्रतिक्रिया