विराटनगर । कोसी प्रदेशसभाको सातौँ अधिवेशन आइतबार (आज) देखि सुरु हुँदै छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार दिउँसो २ बजेलाई बैठक आह्वान गरेका हुन् ।बैठकको कार्यसूची अनुसार प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइनुका साथै सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलले आ आफ्नो धारणा राख्ने छन् ।
प्रदेश सभा सचिवलायका अनुसार बैठकमा सरकारले ल्याएको प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ सभामा टेबुल हुनेछ ।
प्रमुख दुई ठूला दल कांग्रेस र एमाले नेतृत्वका सरकार रहेको प्रदेशमा पछिल्लो समय कांग्रेसले असन्तुष्टि ब्यक्त गर्दै आएको छ । प्रदेश सभाको पहिलो संस्करणसँगै हालसम्म ८३ विधेयकमध्ये ६० वटा विभिन्न विधेयक प्रमाणित भइसकेका छन् ।
























प्रतिक्रिया