मुस्ताङ,२२मंसिर । चिसो अत्यधिक बढेसँगै माथिल्लो मुस्ताङको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो घाम लाग्दाको पारिलो समय केही न्यानो भए पनि बिहान र बेलुकीको समय चिसोले स्थानीयबासीन्दा तथा सुरक्षा निकाय र कर्मचारीको दैनिकी कष्टकर बन्न थालेको हो ।
माथिल्लो मुस्ताङमा बिहान र बेलुकाको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको लोमान्थाङ–२ छोसेका वडाध्यक्ष कर्मा नाम्गेल गुरुङले जानकारी दिनुभयो । वडाध्यक्ष गुरुङका अनुसार अत्यधिक चिसोका कारण घरघरका धाराको पानी, सिँचाइ कुलोलगायतको पानी जम्ने गरेको छ ।
दिउँसो घाम लाग्दा कुलोको पानी तताएर खानुपर्ने अवस्था छ । माथिल्लो मुस्ताङको लोमान्थाङमा पनि चिसोले स्थानियबासिन्दा बेसी झर्न थालेका स्थानीय पर्यटन व्यवसायी राम गुरुङले जानकारी दिनुभयो
























प्रतिक्रिया