back

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते गर्न लागेको जनाएको छ ।आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी २०७४सालमा विभिन्न वस्तुगत तथा क्षेत्रगत १९वटा व्वसायी संघहरूको संलग्नतामा गठित नेपाली राष्ट्रिय व्यवसायी महासंघले तेस्रो राष्ट्रिय महाधिवेशनबारे जानकारी गराएको हो ।

उल्लेखित व्यवसायी संघहरुको आवश्यकता र समस्यालाई ध्यानमा राखेर संघहरुको पहल र प्रयासमा यो महासंघको जन्म भएको जनाउँदै आयोजकहरूले  साना तथा मझौला व्यवसायीहरुप्रति  अर्थमन्त्रालय तथा सम्बन्धित सरकारी निकायहरुको दृष्टिकोण त्यति सकरात्मक नभएको र प्रत्यक्ष पहुँच समेत नरहने गरेकोले यस क्षेत्रको आवाज र आह्वानलाइ राज्य स्तरसम्म पु¥याउन र सम्बन्धित निकायलाई समस्या समाधानका लागि झक्झक्याउँने एवं दबाब सिर्जना गर्ने गराउने नै यस महासंघको निति तथा कार्यक्रम रहेको जनाएका छन् ।महासंघका विभिन्न पदका लागि निर्वाचन सम्पन्न गराउन  अधिवक्ता अर्जुन अर्यालको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिले विधान मर्म अनुरुप कुल ९० पदका लागि उम्मेदवारी दिने मिति २०८१ पुस १५ गते रहेको छ ।  दाबी विरोध पछि अन्तिम उम्मेदवारको नामावली १७गते ३ः३० बजे प्रकाशन गरिने जनाइएको छ । एउटा पदमा २ वा सो भन्दा बढीको उम्मेदवारी परेमा मतदान प्रक्रियाबाट नै निर्वार्चित गरिनेछ । उक्त मतदान कार्यक्रम समुद्घाटन  समारोह पश्चात दोस्रो सत्रमा गरिने निर्वाचन समितिले जानकारी गराएको छ ।यस नेपाल राष्ट्रिय व्यवसायी महासंघले आफ्नो तेस्रो कार्यकालको लागि सातौं साधारण सभा तथा तेस्रो  राष्ट्रिय अधिवेशनको समुद्घाटन  कार्यक्रम नेपाल सरकारका पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल (प्रचण्ड)को  प्रमुख आतिथ्यतामा, राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा गरिने जनाइएको छ


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...