back
noc

एमाले प्रवेश गरेका ३ माओवादी जिम्मेवारीबाट मुक्त

काठमाडौं भदौ १४,तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा प्रवेश गरेका ३ नेताको जिम्मेवारी एमालेबाट पनि खोसिएको छ ।

आज एमालेले अन्तरपार्टी निर्देशन जारी गरेर एमाले पार्टी २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै पूर्वमाओवादी नेताहरु जिम्मेवारीविहिन भएका हुन् ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’, मणि थापा र लेखराज भट्टको जिम्मेवारी खोसिएको छ । उनीहरुको ठाउँमा एमालेकै साविकका नेताहरुले जिम्मेवारी सम्हालेका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई भागमा विभाजित हुँदा ओली समूहले पूर्वएमाले नेताहरुले सम्हाल्दै आएको ठाउँमा पूर्वमाओवादी नेतालाई जिम्मेवारी सुम्पेका थिए। जसमा बादललाई बाग्मती प्रदेशको ईन्चार्ज, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो ।

आज भएको एमाले पार्टीको निर्णयले पार्टीलाई जेठ २ कै संरचनामा फर्काउने निर्णय भएसँगै पूर्वमाओवादी नेताको ठाउँमा एमालेकै नेताहरुले जिम्मेवारी पाएका हुन।

एमालेले प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...