राजनीति

आजबाट निर्वाचन प्रक्रिया सुरु:कांग्रेस विशेष महाधिवेशन



काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित विशेष महाधिवेशनले आजबाट निर्वाचनको कार्यक्रम अगाडि बढाएको छ। विशेष महाधिवेशनले गठन गरेको निर्वाचन समितिले उम्मेदवार मनोनयनका लागि आज बिहान ९ः१५ बजेसम्मको समय तोकेको छ।

मनोनयन प्रक्रिया सम्पन्न भएपछि निर्वाचनका अन्य कार्यक्रमहरू क्रमशः अघि बढाइने निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए ।

पार्टीको पुरानै विधानअनुसार हुने यस निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री तथा १२१ जना केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। विशेष महाधिवेशनले तयार पारेको कार्यविधिअनुसार पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो, जसको संयोजकत्व वरिष्ठ अधिवक्ता केसीले गरेका छन्।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कुल चार हजार ७४३ जना मतदाता रहेकामा निधन भएका तथा अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ जना महाधिवेशन प्रतिनिधि कायम रहेका छन्।

प्रकाशित : ३० पुस २०८२, बुधबार, ,