कला / मनोरञ्जन

साउनको तेस्रो सोमबार आज देशभरका शिवालयमा भक्तजनको घुइँचो



काठमाडौं– साउन महिनाको तेस्रो सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ ।

साउने सोमबारका अवसरमा पशुपतिनाथको सहज रूपमा दर्शन गर्न बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको थियो । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भीड देखिन्छ ।

प्रकाशित : १९ श्रावण २०८२, सोमबार, ,