गृहमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभा बैठकमा बिपक्षीको अवरोध

काठमाडौं,१३ जेठ । प्रतिनिधिसभा बैठकमा विपक्षीले होहल्ला गरेपछि आधा घण्टाका लागि स्थगित भएको छ । सभामुखले विपक्षी दलका सांसदहरुले लगातार होहल्ला गर्न थालेपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । रास्वपा, माओवादी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरु उभिएरै होहल्ला गरेका थिए ।”गृहमन्त्रीले राजीनामा गर्नुपर्छ । अनिमात्रै संसद् चल्छ,” विपक्षी दलका सांसदहरुको धारणा रहेको छ ।…