काठमाडौं– भिजिट भिसा प्रकरणमा विवादित गृहमन्त्री रमेश लेखकलाई संसदमा जवाफ दिने वातावरण तयार गर्न नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले आग्रह गरेका छन् ।
गृहमन्त्रीले सदनमा जवाफ दिएपछि मात्रै मुद्दाका विषयमा दोस्रो चरणमा छलफल हुने बताए ।
मंगलबारबाट संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भनिएको थियो । तर, विपक्षी दलहरू सहमतिमा नआएपछि बैठक बस्दै नबसी स्थगित भएको छ ।
बैठक स्थगित भएपछि सदनबाहिर बोल्दै मुख्य सचेतक बर्तौलाले गृहमन्त्रीले सदनमा जवाफ दिने विषय प्रतिपक्षले स्वीकार्न तयार नभएको बताए ।
‘गृहमन्त्रीका बारेमा उठाइएको प्रश्नको जवाफ उहाँले दिँदा त अपोजिसन खुशी पनि हुन सक्नुहुन्छ, उहाँहरू जवाफबाट सन्तुष्ट पनि हुन सक्नुहुन्छ । त्यो चरणलाई उहाँहरू स्वीकार गर्न तयार हुनुभएन,’ बर्तौलाले भने, ‘कोही मन्त्रीमाथि प्रश्न उठेपछि निज व्यक्तिले संसद्मा आएर जवाफ दिने कुरालाई अस्वीकार नगरौँ ।’

















प्रतिक्रिया