काठमाडौं , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित तीन जना नेता सिंहदरबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शन गरेपछि राप्रपा नेताहरूलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले राप्रपा अध्यक्ष लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीलाई पक्राउ गरेकाे हाे । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाण्डाै भद्रकालीमा राखिएकाे छ ।
प्रदर्शनस्थलमा जानुअघि सिंहदरबारमा रहेकाे पार्टीको संसदीय दलको कार्यालयमा नेताहरू जम्मा भएका थिए । संसदीय दलको कार्यालयमा जाँदा अस्वाभाविक प्रहरी परिचालन गरिएको राप्रपाको आरोप छ ।
प्रतिक्रिया