मुख्य समाचार

तत्कालीन गभर्नर अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा



काठमाडौं– नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरको रूपमा महाप्रसाद अधिकारी बाहिरिएपछि उनले हस्ताक्षर गरेको ५ रुपैयाँको नोट प्रचलनमा आएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार ‘न ४५’ ०००००१ देखि ‘भ १८’ ९९९९९९ सम्म सिरियल नम्बरसम्म अधिकारीले हस्ताक्षर गरेको नोट मंगलबार (वैशाख २ गते)बाट प्रचलनमा आएको छ  ।

उक्त नोटमामा विसं २०८१ हरेको छ ।

प्रकाशित : २ बैशाख २०८२, मंगलबार, ,