मुख्य समाचार

रवि लामिछाने आज रिहा हुँदै



काठमाडौं । सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार आज रिहा हुने भएका छन्।

ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट आवश्यक कागजात प्राप्त भएपछि मात्र औपचारिक रूपमा रिहा हुने कारागार प्रशासनले जनाएको छ। पूर्जी लिनका लागि उनी आज भैरहवा पुग्ने छन्।

रवि लामिछाने रिहा हुन लागेको खबरपछि बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्यामा समर्थकको भीड लागेको थियो।

उच्च अदालतले लामिछानेलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो। अदालतले बुझाइएको धरौटी रकम स्वीकार गरेसँगै रिहाइ प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार, ,