मुख्य समाचार

नेप्से राताम्मै, एक सय ६० अंकले घटेपछि रोकियो कारोबार



काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । जेनजी आन्दोलकाकारण केही दिन बन्द रहेको नेप्से आज बिहिबार पहिलो दिन खुलेपनि एकैपनि एक सय ६० दशमलव ३३ अंकले घटेर २५ सय ११ दशमलव ९१ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि २६ दशमलव शुन्य आठ प्रतिशतले घटेर चार सय ३६ दशमलव २१ अंकमा झरेको छ । सो अनुसार नेप्से एकै दिन छ प्रतिशतले घटेपछि नेप्से आज निर्धारित समय भन्दा झण्डै दुई घण्टा अघि नैं बन्द भएको छ ।

नेप्सेमा आज दुई सय ३८ वटा कम्पनीहरुको सात हजार चार सय ३५ पटकको कारोबारमा १७ लाख ५२ हजार सात सय ८१ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ७२ करोड ८७ लाख दुई हजार आठ सय ३० रुपैंयाँ कायम भएको छ । आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहको सुचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ७७ दशमलव ५८ अंकले घटेर १३ सय २६ दशमलव १२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय ८२ दशमलव ४४ अंकले घटेर तीन हजार एक सय ८९ दशमलव ९४ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि आठ सय ४० दशमलव ३१ अंकले घटेर ११ हजार सात सय ६३ दशमलव ८२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि छ सय ५६ दशमलव पाँच अंकले घटेर ११ हजार चार सय ३२ दशमलव ६८ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सबैभन्दा बढी कमाउँदा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । हिमालयन डिष्ट्रिलरी प्रालीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।

प्रकाशित : २ आश्विन २०८२, बिहिबार, ,