मुख्य समाचार

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही– ३ मा उपनिर्वाचनका लागि लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ ।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले आइतबार साँझ पत्रकार सम्मेलनमार्फत थापालाई उम्मेदवारको रूपमा घोषणा गरेका हुन् ।
एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्यूरोलोजीमा एमडी गरेका उनी वरिष्ठ न्यूरोलोजिस्ट हुन् ।

उम्मेदवार छनोट विधिअन्तर्गत विभिन्न ५ चरणबाट अन्तिममा उम्मेदवार घोषणा गरिएको अर्यालले बताए । गत निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टी(नाउपा)बाट लुम्बिनी प्रदेशसभाको समानुपातिक उम्मेदवार थिए । उनी अहिले उक्त पार्टी छाडेर रास्वपामा प्रवेश गर्दै टिकट पाउन सफल भएका हुन् ।

 

प्रकाशित : १६ भाद्र २०८२, सोमबार, ,