मुख्य समाचार

भदौ २९ गतेदेखि दशैंका लागि सुकिला नोट साटिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्षको दशैंलाई लक्षित गर्दै भदौ २९ देखि असोज १० गतेसम्म सुकिला नोट सटहीको व्यवस्था गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार २०८२ सालको दशैंका लागि यस पटक पनि नयाँ नोट नभई सुकिला नोट मात्र सटही गरिनेछ।

गत वर्षजस्तै यो वर्ष पनि नयाँ नोट वितरण नगरी सुकिला नोट मात्रै उपलब्ध हुने व्यवस्था गरिएको हो।

सुकिला नोट सटही सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयहरूमा उपलब्ध हुनेछ।

त्यसैगरी, राष्ट्र बैंक बाहेकका वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा सहकारी संस्थाका शाखा कार्यालयहरूमा पनि सर्वसाधारण र विभिन्न संघसंस्थाले नोट सटही गर्न सक्ने व्यवस्था गरिएको छ।

प्रकाशित : १५ भाद्र २०८२, आइतबार, ,