मुख्य समाचार

प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन्। प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन्। ओलीले संसद्को विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका छन् ।

प्रकाशित : १३ भाद्र २०८२, शुक्रबार, ,