काठमाडौं,साउन । विश्व स्तनपान सप्ताह आजबाट सुरु भएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म यो सप्ताह मनाइन्छ । आमाहरुलाई स्तनपानको महत्त्व बुझाउने,नवजात शिशुको पोषण र स्वास्थ्यमा स्तनपानको योगदानप्रति जनचेतना फैलाउने उद्देश्यले यो सप्ताह मनाइन थालिएको हो ।
यो वर्षको विश्व स्तनपान सप्ताहको नारा ‘स्तनपानलाई प्राथमिकता दिऔं, दिगो सहयोग प्रणाली निर्माण गरौं’ भन्ने रहेको छ । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन आब्हान गर्दछ ।
यसै अवसरमा नेपाल मेडिकल कलेजमा पनि साताब्यापी कार्यक्रम राखिएको छ । कार्यक्रम सुरुगर्दै कलेजकी प्रबन्ध निर्देशक डा. सबिहा यासमिनले नवजात शिशु र आमालाई स्वस्थ राख्न स्तनपान महत्वपूर्ण भएको बताउनु भयो । ‘स्तनपान आमा र शिशुको स्वास्थ्यको लागि ज्यादै नै महत्वपूर्ण छ । जबसम्म आमाले पौष्टिक आहार पाउँदैन तबसम्म स्तनपान गर्ने बच्चाले पनि पाउन सक्दैन ।’ विश्वका विकसित देशहरुमा कस्मेटिक्सका कारण स्तनपान नगराउने चलन रहेपनि नेपालमा भने स्तनपान गराउने धेरै रहेको उल्लेख गर्दै प्रबन्ध निर्देशक डा. सबिहाले भन्नुभयो ।
























प्रतिक्रिया